Like us!
Follow us!
Connect us!
Watch us!

जेसीबीको नयाँ शाखा सुर्खेतमा, सेल्स, सर्भिस र स्पेयर सेवा दिने

विहीबार, २३ मंसिर २०७३, १० : ५९ मा प्रकाशित

जेसीबीको नयाँ शाखा सुर्खेतमा, सेल्स, सर्भिस र स्पेयर सेवा दिने

अर्थ संसार
काठमाडौ–नेपालका लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्रि एस’ शाखा सुरु गरेको छ । यहाँबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउनेछन् । मध्यपश्चिम विकास क्षेत्रमा जेसीबी मेसिनहरुको बढ्दो मागलाई सम्बोधन गर्न जेसीबीले यहाँ नयाँ शाखा विस्तार गरेको जनाएको छ । 

सुर्खेतको मुख्य क्षेत्र खजुरा चोकमा अवस्थित नयाँ शाखाको उद्घाटन निर्माण व्यवसायी संघ सुर्खेतका अध्यक्ष यमबहादुर बीसी र जेसीबी प्रोडक्ट सपोर्ट म्यानेजर बालकृष्ण बस्यालले संयुक्त रुपमा गरेका थिए । सुर्खेतमा शाखा विस्तारसँगै एमएडब्लु अर्थमुभर्सले देशभर १० वटा स्थानबाट ‘थ्रि एस’ सुविधा दिनेछ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको जनाएको छ । 

जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायतका उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिन लोकप्रिय रहेको क्रम्पनीको दावी छ । एमएडब्लु अर्थमुभर्सले केही साताअघि जेसीबी लाइभलिंक प्रविधि नेपालमा ल्याएको थियो ।

यो प्रविधिमार्फत् मेसिनलाई टाढैबाट निगरानी र नियन्त्रण गर्न सकिन्छ । जेसीबी लाइभलिंकले जेसीबी मेसिनको सर्भिस, संचालन र सुरक्षा (एसओएस) बारे महत्वपूर्ण सूचना दिन्छ । यसले मेसिन चलेको समय, इन्धन खपत, इन्धनको मात्रा र इन्जिनमाथिको भारबारे समेत जानकारी दिन्छ । जसले गर्दा कम संचालन खर्चमा पनि उत्पादकत्वलाई बढाउँछ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा साँढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् । अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दावी छ । नेपालमा जेसीबीका ब्याकहो लोडर, ह्विल्ड लोडिङ शोभेल, ट्रयाक्ड एक्साभेटर, भाइब्रेटरी कम्प्याक्टर, स्किडड स्टिर लोडर र डिलर जेनसेट लगायतका उत्पादन उपलब्ध छन् ।

यो पनि पढ्नुहोस्

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको