Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलनलाई लक्षित गर्दै यी व्यवस्था संशोधन हुँदै

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १३ : ४४ मा प्रकाशित

लगानी सम्मेलनलाई लक्षित गर्दै यी व्यवस्था संशोधन हुँदै

लगानी सम्मेलनलाई लक्षित गर्दै लगानी सहजीकरणका लागि संशोधन हुन लागेका विभिन्न कानुनसहितको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ बनाइएको अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको हो । उक्त अध्यादेशमार्फत ८ वटा ऐनका विभिन्न व्यवस्था संशोधन गर्न लागिएको छ । भूमिसम्बन्धि ऐन, जग्गा प्राप्ति ऐन, विद्युतीय कारोबार ऐन, विशेष आर्थिक क्षेत्र ऐन र विदेशी लगानी प्रविधि हस्तान्तरण ऐनका विभिन्न व्यवस्था संशोधन गर्न लागिएको हो । यसैगरी सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, वन ऐन र औद्योगिक व्यवसाय ऐनका केही व्यवस्था पनि परिमार्जन गरिन लागिएको हो । 

अध्यादेशमार्फत मुआब्जा निर्धारण गरिँदा दर्ता प्रयोजनका लागि गरिएको न्यूनतम मुल्यांकन भन्दा तीन गुणाभन्दा बढी निर्धारण नगरिने, विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गर्न सकिने, विदेशमा प्रविधि हस्तान्तरण गर्न सकिने, प्राथमिकता प्राप्त उद्योगमा प्रयोग हुने कच्चा पदार्थ उपयोग गर्न वन क्षेत्र उत्खनन गर्न पाइने लगायतका लगानीको वातावरण सहजीकरण हुने खालका व्यवस्था ल्याइन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको