Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलनको सोकेसमा यस्ता छन् जलविद्युत आयोजना

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १२ : २३ मा प्रकाशित

लगानी सम्मेलनको सोकेसमा यस्ता छन् जलविद्युत आयोजना

वैशाख १६ र १७ मा आयोजना हुने लागेको तेस्रो लगानी सम्मेलनमा केही मेगा जलविद्युत प्रोजेक्टसहित अन्य आयोजनाहरु सोकेसमा राखिने भएका छन् ।

लगानी बोर्डका अनुसार ३० मेगावाटदेखि १२०० मेगावाटसम्मका आयोजनाका लागि सम्मेलनमा लगानीको खोजी हुनेछ । सोकेसमा रहेका ठूला आयोजनामा १२१६ मेगावाटको खिम्ती ठोसे शिवालय जलाशययुक्त आयोजना, ६५० मेगावाटको कालीगण्डकी-२ जलाशययुक्त आयोजना, ३७७ मेगावाटको भारबुङ जलाशययुक्त आयोजना र २१८ मेगावाटको नौमुरे बहुउद्देश्यीय प्रोजेक्ट रहेका छन् । 

यसैगरी ६१ मेगावाटको हुम्ला कर्णाली, ५३ मेगावाटको अप्पर चमेलिया, ४० मेगावाटको टोम डोगर बुढीगण्डकी, ३५ मेगावाटको सुपर बुढीगण्डकी, महादेव खोला रिजर्भायर लगायत योजना पनि सोकेसमा रहनेछन् । जलविद्युत बाहेक चन्द्रागिरी-चितवन-चित्लाङ एक्सप्रेस वे, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, दाइजी औद्योगिक क्षेत्र लगायत २१ योजना सम्मेलनमा सोकेस हुँदैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको