Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल कम्पनी नेपाल आएर लगानी गरे यहाँ अथाह अवसर छ - युनिलिभर नेपालका एमडि मुखर्जी

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १७ : १२ मा प्रकाशित

ग्लोबल कम्पनी नेपाल आएर लगानी गरे यहाँ अथाह अवसर छ - युनिलिभर नेपालका एमडि मुखर्जी

नेपाल लगानी सम्मेलन बारे आफ्नो धारणा राख्दै युनिलिभर नेपालका एमडि अम्लन मुखर्जीले ग्लोबल कम्पनी नेपाल आएर लगानी गरे यहाँ अथाह अवसर रहेको बताएका छन् ।

ग्लोबल कम्पनीलाई नेपाल आउन प्रेरित गर्न युनिलिभरको नेपालमा अनुभव उल्लेख गर्दै मुखर्जीले युनिलिभरले सक्छ भने अन्य कम्पनीहरुले पनि नेपालमा सफल व्यापार गर्न सक्ने बताए । नेपालमा युनिलिभरले ३० वर्ष लामो व्यवसायिक यात्रा गरिसकेको बताउँदै उनले अहिले नेपालका १० मध्ये ८ घरपरिवारले हरेक वर्ष कम्पनीका सामानहरु प्रयोग गर्ने गरेको जानकारी दिए ।

उपभोक्ता, पार्टनर तथा सम्बन्धित निकायको सहयोगबाट नै कम्पनीले उक्त सफलता हासिल गरेको मुखर्जीको भनाई थियो । आउँदो २८ र २९ अप्रिलका दिन नेपाल लगानी सम्मेलन आयोजना गर्न लागिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको