Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन सर्वोत्तम सिमेन्टको सर्किट यात्रा, आइपिओ पर्नेलाई कति भयो नाफा?

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, ११ : १२ मा प्रकाशित

रोकिएन सर्वोत्तम सिमेन्टको सर्किट यात्रा, आइपिओ पर्नेलाई कति भयो नाफा?

सर्वोत्तम सिमेन्टको सेयरभाउमा आज बिहीबार लगातार सातौं सकारात्मक सर्किट लागेको छ ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१, छैटौं दिन ९८४.६ हुँदै आज सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको हो । उक्त सेयरमा अहिले पनि अत्यधिक माग रहेको छ भने सप्लाई शून्य रहेको छ । न्यूनतम ५० कित्ता परेको उक्त कम्पनीको आइपिओ भएका लगानीकर्ताले हालसम्म ३६ हजार रुपैयाँ भन्दा बढी नाफा कमाइसकेका छन् ।

सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको