Like us!
Follow us!
Connect us!
Watch us!

यस साताको सेयरबजार रिक्याप : ५३.१६ अङ्कले घट्यो सेयरबजार

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १५ : ४३ मा प्रकाशित

यस साताको सेयरबजार रिक्याप : ५३.१६ अङ्कले घट्यो सेयरबजार

यो साताको चार दिन मात्रै सेयर कारोबार भएको छ । चार दिनमा १० अर्ब ५ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने ५३.१६ अङ्कको गिरावट भएको छ । 

साताको पहिलो दिन आइतबार बजार खुल्दा २०२५.३० विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार १९७२.१४ विन्दुमा बन्द भएको हो । यो साता बजारमा ५३.१६ अङ्कको गिरावट सँगै सेयर कारोबारमा पनि गिरावट भएको छ । चार दिनमा कुल १० अर्ब ५ करोड ७९ लाख ८० हजार ३ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब दुई अर्ब ५१ करोड ४४ लाख बराबरको कारोबार भएको हो । यो साताको चार दिनसम्मै बजारमा गिरावट भएको थियो ।

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २१.४८ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक १०३.५७ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ७५.१२ अङ्कले घटेको छ । फाइनान्स उपसूचक पनि ३९.२२ अङ्कले घटेको छ ।

आइतबार बजार खुल्दाको कुल पुँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण बढेर ३१ खर्ब २७ अर्ब पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ८४ अर्ब ९३ करोड रुपैयाँले गिरावट भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको