Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जाने नेपालीले पाउने डलर सटही सुविधामा वृद्धि

अर्थ संसार

शुक्रबार, १३ पुस २०८०, १४ : १४ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने नेपालीले पाउने डलर सटही सुविधामा वृद्धि

वैदेशिक रोजगारीमा जाने नेपालीले पाउने डलर सटही सुविधामा वृद्धि गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले राहदानी बापत सटही सुविधा उपलव्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमा अधिकतम ५०० अमेरिकी डलर तथा अन्य मुलुक जानेको हकमा अधिकतम २०० अमेरिकी डलर प्राप्त गर्न सक्नेछन् । यसैगरी विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट देखाएर पनि सटही सुविधा लिन सकिनेछ ।

यस अघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जुनसुकै मुलुक जाँदा पनि २०० अमेरिकी डलर मात्रै सटही सुविधा पाउँदै आएका थिए भने विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सटही सुविधा लिने व्यवस्था पनि थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको