Like us!
Follow us!
Connect us!
Watch us!

आखिर किन प्रश्न सामना गर्न डराए कुलमान ?

अर्थ संसार

विहीबार, १२ पुस २०८०, ०९ : ०२ मा प्रकाशित

आखिर किन प्रश्न सामना गर्न डराए कुलमान ?

नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछिल्लो गतिविधिको सर्वत आलोचना भइरहेको बेला अहिले कुलमान पत्रकारको प्रश्न सामना गर्न हच्किएका छन्। 

प्राधिरकरणले डेडिकेटड र ट्रंक लाइनबाट लिएको बिजुलीको पैसा नतिरेको भन्दै धमाधम उद्योगको लाइन काटिरहेको छ । हाल सम्म प्राधिकरणले ९ उद्योगको बिल काटिसकेको छ।  सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील उद्योग, त्रिवेणी स्पिनिङ मिल ,अशोक स्टील,जगदम्बा स्टील, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स,अर्घाखाँची सिमेन्ट र सोनापुर सिमेन्टको विद्युत् लाइन कटिदिएको छ। 

डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काटिएकोमा उद्योगीहरु सरकारसंग रुष्ट बनेका छन्। प्राधिकरणले बिना कुनै प्रमाण फर्जी बिल बनाएको भन्ने आरोप उद्योगीको रहेको छ। 

उद्योगी व्यवसायीहरुले सरकार संग तल्काल एक एक उच्चस्तरिय अधिकार सम्पन्न आयोग स्थापना गर्न माग गरिरहेको बेला प्राधिकरण भने उद्योगीको विद्युतको लाइन काट्दै हिडेको छ। बिजुली प्रयोग गरेको प्रमाण दिए आफूहरु शुल्क तिर्न तयार रहेको उद्योगीहरुले घोषणा गरिसकेको छ। 

उद्योगीहरुले प्राधिकरणलाई आफुहरुले बिजुली उपयोग गरेको हो भने टाईम अफ द डे (टीओडी) मिटर उपलब्ध गराउन प्राधिकरणलाई चुनौती दिएका छन्। 

तिब्र आलोचना पछि नेपाल विद्युत् प्राधिकरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू निकट सीमित पत्रकारलाई मात्र बोलाएर ट्रंक र डेडिकेटेड लाइनबारे आफ्नो भनाई सार्वजनिक गर्न सोच राखेका थिए। 

तर पत्रकारसम्मेलन गर्दैछ भन्ने हल्ला फैलिएपछि धेरै पत्रकारको भेला हुने र प्रश्नै प्रश्नको सामना गर्न पर्ने बुझेपछि 
कुलमानले एकाएक गर्ने भनेको पत्रकार सम्मेलन नै स्थगित गरे। आफू विरुद्धका प्रश्न सामना गर्न प्राधिकरणका कार्यकारी नै तयार नभएकोले प्राधिकरण आफु नै आफ्नो कार्यशैली प्रति जवाफदेहि भएको भनेर प्रश्न खडा भएको छ। 

प्राधिकरणको गतिविधिका कारण एक त उद्योगीहरुले हरेक दिन जसो करोडौ नोक्सानी खेप्न परिरहेको छ। जसका कारण राज्यले पाउने करमा असर गर्नुका साथै हजारौका रोजगारी समेत गुम्ने खतरा बढेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको