Like us!
Follow us!
Connect us!
Watch us!

परिसंघ अध्यक्ष राजेश अग्रवालले भने कुलमानको महत्वाकांक्षाका कारण उद्योगी पिडित भए, प्रमाण छैन तर पैसा तिर्नै पर्ने भन्नु यो कहाँ सम्मको कुरा हो

अर्थ संसार

सोमबार, १६ पुस २०८०, ०९ : १० मा प्रकाशित

परिसंघ अध्यक्ष राजेश अग्रवालले भने कुलमानको महत्वाकांक्षाका कारण उद्योगी पिडित भए, प्रमाण छैन तर पैसा तिर्नै पर्ने भन्नु यो कहाँ सम्मको कुरा हो

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आफुहरुलाई अपराधी सरह व्यवहार गरेकोमा गुनासो पोखेका छन्। 

उनले  उद्योगलाई अपराधीसरह व्यवहार गरिनु न्यायोचित नभएको बताएका छन्।‘ अहिले उद्योगीहरूलाई अपराधी जस्तै देखाउन खोजिएको छ। के नेपालमा उद्योग खोल्नु ठूलो अपराध हो ?’ उनले प्रश्न गर्दै भने ‘एउटा अमुक व्यक्तिको व्यक्तिगत मनोकाङ्क्षा र हठ पुरा गर्नका लागि किन यो हदसम्म उद्योगीलाई अपराधिकरण गर्ने काम भइरहेको छ।’ 

उनले भने, 'यहाँ एउटा व्यक्तिको महत्वाकांक्षा पूर्तिका र कार्य क्षमता प्रमाणित गर्नका लागि यी सरकार निरिह भएको छ।' उनले प्रश्न गरे ,'हामीले प्रमाण देउ, हामी महसुल तिर्छु भन्दा पनि जबजस्ती लाइन काट्ने , प्रमाण नदिने ,प्रमाण छैन तर तिर्नै पर्ने भन्नु यो कहाँ सम्मको कुरा हो?'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको