Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले उद्योगीलाई भन्यो ,'किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिन भित्र निवेदन देउ'

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ०९ : २८ मा प्रकाशित

प्राधिकरणले उद्योगीलाई भन्यो ,'किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिन भित्र निवेदन देउ'

नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गर्दै एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको हो ।

‘प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको छ’, उल्लेख छ, ‘यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन आग्रह छ ।’

प्राधिकरणको बैठकको पुस १६ गते बसेको बैठकले  विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रकम किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

659cc0ecdb099.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको