Like us!
Follow us!
Connect us!
Watch us!
सवैभन्दा बढी लाभांस दिनेमा युनिलिभर

४१ वटा कम्पनीले घोषणा गरे लाभांस घोषणा, सवैभन्दा बढी लाभांस दिनेमा युनिलिभर

कृष्ण भट्टराई

विहीबार, ०६ असोज २०७३, १४ : ४९ मा प्रकाशित

४१ वटा कम्पनीले घोषणा गरे लाभांस घोषणा, सवैभन्दा बढी लाभांस दिनेमा युनिलिभर

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ४१ वटा कम्पनीहरुले राम्रो लाभांस दिने घोषणा गरेका छन् । चालु आर्थिक वर्षको असोज ४ गतेसम्ममा जम्मा ४१ कम्पनीहरुले आफ्ना सेयरधनीहरुको लागि लाभांस घोषणा गरिसकेका छन् । ति मध्ये सवैभन्दा बढी युनिलिभर नेपालले लाभांस दिने घोषणा गरेको छ । युनिलिभर नेपालले गत वर्षको मुनाफाबाट एक हजार २० प्रतिशतले लाभांस दिने भएको हो ।
कुन को कति ?

युनिलिभर नेपाल कम्पनी लिमिटेड

यस कम्पनीले आफ्ना सेयरधनीलाई सवैभन्दा बढी १ हजार २० प्रतिशतले नगद लाभांस दिने भएको छ । नेपालमा सवैभन्दा बढी लाभांस बाँढ्ने कम्पनीमा यो पर्दछ । यसको प्रतिकित्ता सेयर मुल्य सवैभन्दा बढी ३३ हजार ७६१ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यसैगरी बाणिज्य बैंकहरुमा यी कम्पनीले लाभांसको घोषणा गरेका छन् ।

नविल बैंक

नविल बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बाणज्य बैंकले घोषणा गरेको लाभांशमध्ये सवैभन्दा बढी यस बैंकले दिने भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो बैैंकको न्युनतम सेयर मुल्य यो समाचार तयार पार्दासम्म २३५० रुपैयाँ रहेको छ । यसले गत वर्ष २ अर्व ५ करोड खुद मुनाफा गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २० प्रतितशत बोनस र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांस दिने भएको छ । यो बैंकले पनि अन्य बाणिज्य बैंकको तुलनामा राम्रो लाभांस दिएको हो । यस बैंकका लगानीकर्ताहरु पनि आफ्नो लगानी डुव्दैन भन्नेमा विश्वस्त हुने धेरै आधार रहेका छन । बैंकको सेयर मुल्य बुक क्लोजभएपछि ८३५ रहेको थियो । यस बैंकले गत वर्ष २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ३२ बोनस सेयर र १.६८ प्रतिशत नगद लाभांस गरी कुल ३३.६८ प्रतिशत लाभांस दिने जनाएको छ । यस बैंकले गत वर्ष १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बजारमा यसको मुल्य ११७० रुपैयाँको हाराहारीमा छ ।

सनराइज बैंक

सनराइज बैंकले पनि गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांस स्वरुप ३३.३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यसले गत वर्ष ९५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस बैंकको सेयरको बजार मुल्य ९६० रुपैयाँको हाराहारीमा रहेको छ ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले पनि गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस र कर प्रयोजनार्थ १.३७ प्रतिशत नगद लाभांस दिने जनाएको छ । यो बैंकले पनि गत वर्ष १ अर्ब ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेयरधनीहरुलाई २५.७८ प्रतिशत लाभांस दिने भएको छ । यसको सेयर मुल्य ७३० को हाराहारीमा रहेको छ । यस बैंकले गत वर्ष ७२ करोड ४७ लाख खुद नाफा कमाएको थियो ।

ग्लोवल आइमएमई बैंक

ग्लोवल आइमएमई बैंकले १६ प्रतिशत बोनस सेयर मात्र दिने जनाएको छ । यस बैंकले गत वर्ष बर्षमा १ अर्ब ३९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस बैंकको बजार मुल्य समाचार तयार पार्दासम्म ५१३ को हाराहारीमा रहेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले पनि १५.७९ प्रतिशत लाभांस दिने छ । जसमध्ये १५ प्रतिशत बोनस सेयर हुनेछ भने ०.७९ प्रतिशत भने कर प्रयोजनार्थ नगद लाभांस दिने छ । एक अर्ब ४ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस बैंकको सेयर मुल्य ६६५को हाराहारीमा रहेको छ । बाणिज्य बैंकबाहेक अन्य कम्पनीहरुले पनि राम्रो लाभांसको घोषणा गरेका छन् । त्यसमध्ये डेभलपमेन्ट बैंकहरुले यसरी लाभांसको घोषणा गरेका छन् ।

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

यस फाइनान्सले पनि १५.७९ प्रतिशत लाभांस दिने भएको छ । यसले १५ प्रतिशत बोनस सेयर र बाँकी नगद लाभांस दिने भएको हो । यसको प्रति सेयर मुल्य १ हजार ८ सय ५ रुपैयाँ रहेको छ ।

तिनाउ डेभलपमेन्ट बैंक

तिनाउ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुका लागि २६.३१ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । जसमध्ये २५ प्रतिशत बोनस र १.३१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने घोषणा गरेको हो । बैंकको बजार मुल्य ६३० को हाराहारीमा रहेको छ ।

हाम्रो विकास बैंक

हाम्रो विकास बैंकले पनि २५ प्रतिशत बोनस सेयर दिने भएको छ । यस बैंकको बजार मुल्य ५५० को हाराहारीमा रहेको छ ।

सहयोगी विकास बैंक

यस बैंकले पनि २३.१६ प्रतिशत लाभांस दिने भएको छ जसमध्ये २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद लाभांस दिने छ । यसको बजार मुल्य ३९५ को हाराहारीमा छ ।

त्रिवेणी विकास बैंक

त्रिवेणी विकास बैंकले पनि १९ प्रतिशत बोनस सेयर दिने भएको छ । यसको बजार मुल्य ५१७ को हाराहारीमा रहेको छ ।

सिन्धु विकास बैंक

सिन्धुपाल्चोकमा मुख्य कार्यालय रहेको सिन्धु विकास बैंकले पनि आफ्ना सेयरधनीहरुलाई १७.६८ प्रतिशत लाभांस दिने भएको छ । जसमध्ये १६ प्रतिशत बोनस सेयर हो भने १.६८ प्रतिशत भने नगद लाभांस दिने भएको छ । यस बैंकको सेयर मुल्य ५१० रुपैयाँको हाराहारीमा रहेको छ ।

बाग्मती डेभलपमेन्ट बैंक

बाग्मती डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १४.७४ प्रतिशत लाभांस दिने भएको छ । यस बैंकले १३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांस दिने भएको हो । बैंकको पछिल्लो दिनको सेयर मुल्य ३९८ रुपैयाँ रहेको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंक

यस बैंकले सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर दिने भएको छ । यस बैंकको पछिल्लो सेयर मुल्य ५४० रुपैयाँको हाराहारीमा रहेको छ ।

कन्ट्री डेभलपमेन्ट बैंक

कन्ट्री डेभलपमेन्ट बैंकले पनि आफ्ना सेयरधनीहरुलाई ७.६३ प्रतिशत लाभांस दिएको छ । यस बैंकले ७.२५ प्रतिशत बोनस सेयर र ०.३८ प्रतिशत नगद लाभांस दिएको छ । यस बैंकको पछिल्लो दिनको सेयर मुल्य २३५ को हाराहारीमा रहेको छ ।

एस डेभलपमेन्ट बैंक

यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०.२५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । गत वर्ष बैंकले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । जसअनुसार बैंकले २० करोड ५० लाख रुपैयाँ बोनस सेयरका रुपमा वितरण गर्नेछ । बोनस सेयरमा लाग्ने करवापतको रकम भने सेयरधनी स्वयंले तिर्नुपर्नेछ । एसलाई नेपाल इन्भेस्टमेन्ट बैंकले किनेको छ ।

अरनिको डेभलपमेन्ट बैंक

अरनिको डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर दिने भएको छ । यस बैंकको पछिल्लो सेयर मुल्य ४५० रुपैयाँ रहेको छ ।

स्वरोजगार लघुवित्त विकास बैंक

यस बैंकले पनि आफ्ना सेयरधनीहरुलाई ३२ प्रतिशत लाभांस दिने भएको छ । ३२ प्रतिशत लाभांसमध्ये ३०.४ प्रतिशत बोनस सेयर दिनेछ भने बाँकी नगद लाभांस दिने छ । यस बैंकको पछिल्लो सेयर मुल्य प्रतिकित्ता २९१० को हाराहारीमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसैगरी फाइनान्स तथा वित्त कम्पनीहरुले पनि आफ्ना सेयरधनीहरुलाई राम्रो लाभांस दिएका छन् । जसमा यी कम्पनीहरु रहेका छन् ।

किसान माइक्रो फाइनान्स वित्तिय संस्था

किसान माइक्रो फाइनान्सले बैंक तथा वित्तीय संस्थाहरुमध्ये सवैभन्दा बढी लाभांस दिने घोषणा गरेको छ । यस फाइनान्सले ६४.२१ प्रतिशत लाभांस दिने भएको हो । सो लाभांमध्ये ६१ प्रतिशत बोनस सेयर र ३.२१ प्रतिशत नगद लाभांश दिने भएको हो । नगद लाभांस भने कर प्रयोजनको लागि मात्र हुनेछ । यस फाइनान्सको पछिल्लो सेयर मुल्य ४ हजार ४ सय रुपैयाँको हाराहारीमा रहेको छ ।

गुडविल फाइनान्स

यस फाइनान्सले पनि सेयरधनीहरुलाई २६.३२ प्रतिशत लाभांस दिने भएको छ । फाइनान्सले दिनेमध्ये २५ प्रतिशत बोनस सेयर हो भने बाँकी १.३२ प्रतिशत भने नगद लाभांस हो । यसको सेयर मुल्य ५४४ रहेको छ ।

एनएमवी माक्रोफाइनान्स वित्तिय संस्था

यस माइक्रोफाइनान्सले पनि सेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांस दिने भएको छ । थ्यसमध्ये २५ प्रतिशत बोनस सेयर हो भने बाँकी नगद लाभांस हो । सो फाइनान्सको सेयर मुल्य ४ हजार ५२० रुपैयाँ रहेको छ ।

युनाइटेड फाइनान्स

यस फाइनान्सले पनि आफ्ना सेयरधनीहरुलाई २१.०४ प्रतिशत लाभांस दिने भएको छ । सो लाभांसमध्ये २० प्रतिशत बोनस सेयर हो भने बाँकी नगद लाभांस हो जुन कर प्रयोजनार्थ मात्र प्रयोग गरिन्छ । यस फाइनान्सको पछिल्लो सेयर मुल्य ४७५ रुपैयाँ रहेको छ ।

मेरो माइक्रोफाइनान्स वित्तिय संस्था

यस फाइनान्सले पनि २० प्रतिशत बोनस दिने भएको छ । यसले १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो । यस कम्पनीको पछिल्लो सेयर मुल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको छ ।

आइसिएफसी माइक्रोफाइनान्स

यस कम्पनीले पनि १७.८९ प्रतिशत लाभांस दिने भएको छ । जसमध्ये १७ प्रतिशत बोनस सेयर हो भने बाँकी नगद लाभांस हो जुन कर प्रयोजनार्थ मात्र प्रयोग गरिन्छ । यस कम्पनीको सेयर मुल्य ३७० रहेको छ ।

युनिक फाइनान्स

यस कम्पनीले पनि आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । जसको सेयर मुल्य समचार तयार पार्दा सम्म ३५३ प्रतिकित्ता रहेको छ ।

एभरेष्ट फाइनान्स

यस फाइनान्सले १४.५ प्रतिशत बोनस सेयर दिने भएको छ । यस फाइनान्सको सेयरमुल्य १९० रुपैयाँ रहेको छ ।

पोखरा फाइनान्स

यस फाइनान्सले पनि आफ्ना सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांसदिने भएको छ । जसमध्ये १३.५ प्रतिशत बोनस सेयर हो भने बाँकी नगद लाभांस रहेको फाइनान्सले जनाएको छ । यस फाइनान्सको सेयर मुल्य प्रतिकित्ता ३७५ रहेको छ ।
त्यसैगरी विभिन्न कम्पनीहरुले लाभांस दिने भएका छन् ।

एनसिएम मर्चेन्ट बैंकले ४० प्रतिशत नगद लाभांस दिने भएको छ ,भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले ३० प्रतिशत, एनआइविएल क्यापिटलले २० प्रतिशत, सिद्धार्थ क्यापिटलले २० प्रतिशत,एनएमवी सुलभ इन्भेटमेन्ट फन्ड १ ले २० प्रतिशत र सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीमले १६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

त्यसैगरी एनआइवीएल सम्बृद्धि फन्ड १ ले १५ प्रतिशत, एस क्यापिटलले १३.२५ प्रतिशत नगद लाभांस, श्री इन्भेष्टमेन्टले १०.५ बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस दिने भएको छ । यस्तै अरुणभ्याली हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५३६ प्रतिशत नगद लाभांस र रिडीहाइड्रोपावर कम्पनीले क्रमशः ६ प्रतिशत वोनस र ०.३१५७ प्रतिशत नगद लाभांस दिने घोषणा गरेका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको