Like us!
Follow us!
Connect us!
Watch us!

अब बजार बढ्न सहयोग गर्ने घटनाक्रमहरुको चिरफार ! (भिडियो)

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, ०७ : ३७ मा प्रकाशित

२०८० पुंजीबजारको लागि खासै उल्लेखीए रहेन। अघिल्लो वर्षको तुलनामा बजारको परिसूचक बढेको देखिएपनि बजार सुखद रहेन। लगानीकर्ताले आफ्नो समग्रमा लगानी गुमाएको नै वर्ष बन्यो २०८०।

२०८० लाई बजारले बिट मारिसकेको छ भने २०८१ सुरु भैसकेको छ। 

२०८१ सुरु मै बजारलाई साथ दिने सुखद समाचार आइसकेको छ। त्यो हो बैंकको ब्याजदर। अधिकांश बैंकले वैशाख महिनालाई ब्याजदर घटाएको छ। भनिन्छ पुंजीबजार र ब्याजदरको उल्टो सम्बन्ध रहेको छ। भनिन्छ ब्याजदर घट्दा पुंजीबजार बढ्ने गर्छ। 

तर फेरि बैंकमा ऋण लिन जाने संख्या एकदम घटेको छ।  ऋणको माग नहुँदा बैंकहरु चिन्तित देखिन्छन।  तर आउंदै गरेको लगानी सम्मेलनले पक्कै पनि लगानीकर्ताको मनोबल बढाउन सरकार लाग्नेछ भन्ने कुरामा आशावादी हुनै पर्ने हुन्छ। 

यस्तै विभिन्न विषय लिएर साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं। 

अबको साता बजार के होला, कस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुले बजारलाई अब असर गर्ला यस्ता विभिन्न विषयलाई लिएर अर्थसंसारले साप्ताहिक रुपमा पस्किने गरेको छ। 

यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक मार्फत हुने घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको