Like us!
Follow us!
Connect us!
Watch us!

आगामी वर्ष सेयर बजार कस्तो रहला त ?

जीवन अधिकारी

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १७ : २५ मा प्रकाशित

आगामी वर्ष सेयर बजार कस्तो रहला त ?

संसारभर नै सुन, घर जग्गा, सेयरबजार लगानीका सबैभन्दा उपयुक्त क्षेत्रहरु मानिन्छन् । त्यसमा पनि सबैभन्दा बढि प्रतिफल दिने भएकाले सेयरबजारलाई अझ विशेष रुपमा हेरिन्छ । सेयरबजारलाई अर्थतन्त्रको ऐनाको रुपमा पनि हेरिँदै आइएको छ । नेपालमा पनि सेयरबजारलाई उतिकै महत्वका साथ हेरिन्छ । 

नेपालमा सेयरबजारको पछिल्लो अवस्था हेर्ने हो भने कोभिडपछि वि.स.२०७८ भाद्र २ गते अल टाईम हाई ३२१० बनाएको बजारले करिब १४ महिनाको ओरालो यात्रा पश्चात् १८३० मा आएर सम्हालियो । त्यतिबेला ४-१२ को क्याप, उच्च व्याजदर, राजनैतिक अस्थिरताको प्रत्यक्ष असर बजारमा पर्न गयो । नियोजित तरिकाले बजार घटाउन सरोकारवाला निकाए मार्फत ल्याईएका नीतिहरुले बजार अस्वभाविक रुपमा घट्न पुग्यो । तर पछिल्लो समयको अवस्था भने केहि सहज भएको जस्तो देख्न सकिन्छ ।

३२०० देखि १८०० सम्म निरन्तर घटेको बजारको ओरालो यात्रा रोकिएता पनि २२०० विन्दुभन्दा माथि जान भने सकिरहेको छैन । त्यसका केहि कारण व्याजदर घटेर एकल अंकमा नै आउनु, राष्ट्रबैँकले लगाएका कर्जा प्रवाहमा लगाएका कडाईमा लचकता अपनाउनुजस्ता सकारात्मक काम हुन् । बैँकहरुसँग तरलता बढि भई सिडि रेसियो ८० मा नै झरिसकेकोले बैँकहरुसँग लगानी योग्य रकम नै करिब ६ खर्ब रहेको छ ।

व्याजदर कम र लगानीयोग्य रकम प्रसस्त हुँदा पनि सोचेजस्तो कर्जा प्रवाह नहुनु राष्ट्रबैँक कै चिन्ताको विषय  बनिरहेको छ । कर्जा प्रवाह गर्न भने राष्ट्रबैँकले कडाई गरिएका नीतिमा  लचकता अपनाउने बाटोमा छ । धेरै लचकता अपनाउँदा फेरि धेरै कर्जा प्रवाह भई बैँकहरुमा पहिले जस्तै अप्ठेरो आउने चिन्ताले सन्तुलन मिलाएर लैजाने पक्षमा राष्ट्रबैँक रहेको छ । उता सरकार पनि मन्दी हटाउन कारोवार बढाई राजस्व बढाउने पक्षमा रहेको छ ।

सरकारको नीति तथा कार्यक्रमले पनि उक्त कुरालाई पुष्टि गर्दछ । अर्थमन्त्री वर्षमान पुनले त ब्रोकर कमिसन घटाउने र आवश्यक अन्य कामका निम्ति आफूले सक्दो भूमिका खेल्ने  कुरा सार्वजनिक रुपमा नै बताउँदै आउनुभएको छ । यस्ता तमाम सकारात्मक घटनाक्रमका कारण बजारले राम्रो बढ्ने आधार तय गर्न सक्नेछ । त्यसैले लगानीकर्ताहरु पोर्टफोलियो खालि गर्ने मनसायमा नरहेकाले बजार २००० बिन्दुभन्दा मुनि भने जान मानिरहेको छैन ।

बजारको विगतका दिनहरु कठिन देखिएता पनि आगामी दिनहरु भने सहज र सकारात्मक दिशातर्फ जाने देखिन्छ । अरु सबै आधार तय भईसकेकाले यदि राम्रो नीतिगत सुधार भएमा बजारले छिट्टै राम्रो गन्तव्य तय गर्ने छ ।

सबै परिस्थितीहरु बजार बढ्न अनुकुल हुँदै गएता पनि लगानीकर्ताहरुको मनोबल मात्र कमजोर हुँदा बढ्न नसकेको बजार अब आउने प्रत्यक बजार सम्बन्धित सकारात्मक नीतिमा आफ्नो गन्तव्य तय गर्दै जाने छ ।सबै घटनाक्रहरु सकारात्मक दिशातर्फ अघि बढेकाले आगामी बर्ष बजारले राम्रो गन्तव्य तय गर्न सक्ने र बुलिस बजार रहन सक्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको