Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ भारतको पछिल्लाे कोरोना अवस्था

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, १२ : ४७ मा प्रकाशित

यस्ताे छ भारतको पछिल्लाे कोरोना अवस्था

अर्थ संसार, काठमाडौं – भारतमा कोरोना भाइरसका कारण एकैदिनमा करिब दश हजार जना संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९९६ जना संक्रमित भएको पुष्टि भएको हो । यो सँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार १०२ पुगेको छ । भारतमा अहिले पनि १ लाख ३७ हजार ४४८ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४१ हजार २९ रहेको मन्त्रालयले जनाएको छ ।

कोराना भाइरसको संक्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन् । दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३६ हजार ८४१ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन् । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको