Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यले ताेड्याे रेकर्ड, इतिहासमै उच्च

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, ११ : ५४ मा प्रकाशित

सुनकाे मूल्यले ताेड्याे रेकर्ड, इतिहासमै उच्च

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेर नयाँ इतिहास कायम गरेकाे छ । 

बुधबार ताेलामा ९ सय रुपैयाँले बढेर प्रतिताेला ८८ हजार ६ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (बिहीबार) फेरि ताेलामा एक हजार रुपैयाँले बढेर प्रतिताेला ८९ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १६५ रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रुपैयाँले बढेर प्रतिताेला ९ सय ५० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको