Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण सेञ्चुरी बैंकले ३ प्रतिशत अन्तरिम लाभांश बाँड्ने

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, ११ : २६ मा प्रकाशित

यसकारण सेञ्चुरी बैंकले ३ प्रतिशत अन्तरिम लाभांश बाँड्ने

अर्थ संसार, काठमाडौं – सेञ्चुरी बैंक लिमिटेडले ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । 

विश्वभर फैलिरहेकाे काेराेना भाइरसका कारण बैंककाे साधारण सभा स्थगित भएपछि बैंककाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ३ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे । यसअघि बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २% बोनस शेयर र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउने बैंकले जनाएकाे छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत अर्थात २५ करोड २४ लाख रुपैयाँबाट कर कट्टी गरी बाँकी रहने २३ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्ने जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको