Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सकाे ऋणपत्रमा आवश्यकता भन्दा बढी आवेदन, आजबाट बन्द हुँदै

निशा हुमाँगाई

आइतबार, ०२ चैत्र २०७६, १४ : ०४ मा प्रकाशित

गुडविल फाइनान्सकाे ऋणपत्रमा आवश्यकता भन्दा बढी आवेदन, आजबाट बन्द हुँदै

अर्थ संसार, काठमाडौं - गुडविल फाइनान्स लिमिटेडकाे ऋणपत्रकाे बिक्री आजबाट बन्द हुँदैछ । फागुन २८ गते बुधबारदेखि निष्कासन गरिएकाे उक्त ऋणपत्रमा आवश्यकता भन्दा बढी ऋणपत्रकाे लागि दरखास्त पर्न आएकाले आज बैंकिङ्ग समय पश्चात उक्त ऋणपत्रकाे लागि आवेदन लिने कार्य बन्द गरिने कम्पनीले जनाएकाे छ । 

फाइनान्सले  २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले वार्षिक १२ प्रतिशत व्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । 

२५ कराेडमध्ये १५ कराेड रूपैयाँ बराबरकाे १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ । त्यस्तै, बाँकी १ कराेड रूपैयाँ बराबरकाे १ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री हुनेछ । र, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

ऋणपत्रमा प्रतिकित्ता १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म भर्न पाइनेछ ।

त्यसैगरी, यस ऋणपत्रकाे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको