Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तले डाक्याे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

आइतबार, ०२ चैत्र २०७६, १३ : २४ मा प्रकाशित

एनएमबि लघुवित्तले डाक्याे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं –  एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे फागुन ३० गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस संस्थाकाे साताैं वार्षिक साधारण सभा चैत्र २६ गते बुधबार सिटी स्क्वाएर पार्टी प्यालेस, न्युराेड, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ । 

उक्त सभामा संस्थाकाे सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीकाे ०.६३२ प्रतिशत नगद लाभांश (बाेनस शेयरकाे कर प्रयाेजनकाे लागि मात्र)  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यस्तै, सभामा संस्थाकाे हाल कायम चुक्ता पूँजीकाे १२ प्रतिशतका दरले बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरिँदैछ । 

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि संस्थाले चैत १० गतेदखि २६ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । शेयर दर्ता पुस्तिका बन्द भएको मिती भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज  लिमिटेडमा भएको कारोबारबाट कायम भएका शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउने संस्थाले जनाएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e6de063f2d77.jpg 5e6de068e1720.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको