Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंककाे बाेनस शेयर शेयरधनीकाे डिम्याट खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

शुक्रबार, २३ फागुन २०७६, १२ : ०५ मा प्रकाशित

ज्योति विकास बैंककाे बाेनस शेयर  शेयरधनीकाे डिम्याट खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार,काठमाडाैं - ज्योति विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीकाे डिम्याट खातामा धमाधम बाेनस शेयर पठाइरहेकाे छ ।

बैंककाे पुस २९ गते सम्पन्न भएकाे साधारण सभाबाट पारित गरिएकाे १२.७५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको हो ।

त्यसैगरी, बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बाेनस शेयर जम्मा गरेको हो ।

त्यस्तै, हालसम्म पनि शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई आफ्नाे बाेनस शेयर पनि हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

यस्तै, बैंककाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e61edc03dd34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको