Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्यो:प्रधानमन्त्री

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १५ : १८ मा प्रकाशित

लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्यो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएका छन् ।

आजदेखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास व्यक्त गरे । 

‘हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ । आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ’, प्रधानमन्त्री दाहालले भने ।

लगानी सम्मेलनको उद्घाटन सत्र उत्साहजनक रहेको उल्लेख गर्दै उनले सहभागी मुलुक र लगानीकर्ताको सहभागिताको दृष्टिकोणबाट निकै राम्रो भएको बताए । 

‘उद्घाटन सत्र धेरै राम्रो भयो । हामीले सोचेकोभन्दा सहभागीको सङ्ख्या धेरै बढ्यो । एक हजार दुई सय हाराहारी होला भनेको दुई हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रह्यो, प्रधानमन्त्री दाहालले भने, ४५–५० देशको सहभागिता रहला भन्ने अनुमान गरिएको थियो । सहभागी मुलुकको सङ्ख्या ६० भन्दाबढी रह्यो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको