Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा १८ सयले बढ्दै सुनकाे मूल्यले गर्याे रेकर्ड ब्रेक

निशा हुमाँगाई

शुक्रबार, २३ फागुन २०७६, ११ : २४ मा प्रकाशित

एकैदिनमा १८ सयले बढ्दै सुनकाे मूल्यले गर्याे रेकर्ड ब्रेक

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । दिनहुँ बढ्दै गइरहेकाे सुनकाे मूल्यले आज पनि उकालाे यात्रा तय गरेकाे छ ।

बिहीबार ताेलाकाे २ सयले बढेर प्रतिताेला ८० हजार ७ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (शुक्रबार) पनि एकैदिनमा तोलाकाे १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलाकाे १० रूपैयाँले बढेर प्रतिताेला ८ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको