Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा स्वावलम्बन लघुवित्तको शेयर काराेबार राेक्का

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १२ : १५ मा प्रकाशित

यसकारण नेप्सेमा स्वावलम्बन लघुवित्तको शेयर काराेबार राेक्का

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । कम्पनीलाई तिन दिने स्पष्टीकरण माग गर्दै नेप्सेले सूचीकरण समेत स्थगन गरेकाे छ ।

संस्थाकाे शेयरधनीहरुले बोनस शेयर तोकिएको समयमा पाउने सुनिश्चिता हुन अवस्थामा अन्याैल भई लगानीको हित विपरित भएकोले उक्त विषयको टुङ्गो नलागेसम्म कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

गत वर्षको नाफाबाट लगानीकर्तालाई २६% बोनस सेयर र १४% नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । संस्थाले नगद लाभांश पठाइसकेको छ भने बोनस शेयर पठाउन बाँकी छ । 

5e5f4d384a105.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको