Like us!
Follow us!
Connect us!
Watch us!

४३ अंकले बढेको बजारमा ३ अर्बको कारोबार

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, १४ : ५९ मा प्रकाशित

४३ अंकले बढेको बजारमा ३ अर्बको कारोबार

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मंगलबार शेयर बजार ४३.०२ अंकले बढेर एक हजार ५४५.१९ मा पुगेकाे छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.८६ हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५७ अङ्कले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।

कूल १८० कम्पनीकाे ७० लाख ५९ हजार ७१२ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।

मंगलबार बैंकिङ १२.८९ अंक, व्यापार ४७.०९ अंक, हाेटल ११.२२ अंक, विकास बैंक ४४.४९ अंक, जलविद्युत ४६.५१ अंक, फाइनान्स १९.४२ अंक, निर्जिवन लाइफ ३०७.०९ अंक,  उत्पादन ११८.४२ अंक, अन्य ५१.०३ अंक, माइक्राेफाइनान्स ८३.४४ अंक, लाइफ इन्स्योरेन्स ६७३.४९ अंक र सामूहिक लगानी कोष समूह ०.०९ अंकले बढेकाे छ ।

         हेराैं आजकाे शेयर तालिका :

5e54ea436b0d9.jpg 5e54ea470924f.jpg 5e54ea4f15699.jpg 5e54ea58f3257.jpg 5e54ea5d7ee84.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको