Like us!
Follow us!
Connect us!
Watch us!

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, १२ : ५५ मा प्रकाशित

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

अर्थ संसार काठमाडाैं - आईसीएफसी फाइनान्स लिमिटेडकाे ऋणपत्रमा आज (फागुन १३ गते, मंगलबार) बाट आवेदन दिन सकिनेछ । फाइनान्सले १२ प्रतिशत व्याजदर पाइने २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आजदेखि बिक्री खुल्ला गरेको हाे ।

यसैगरी, फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । यसमध्ये ८० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । र बाँकी १ लाख २० हजार कित्ता भने फाइनान्सले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

त्यस्तै, लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ७६ हजार कित्तासम्म भर्न पाउने कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धमा यस बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपाल लिमिटेडले केयर एनपी बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e54ce4172e68.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको