Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, ११ : ०० मा प्रकाशित

मंगलबार बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (मंगलबार) नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर  ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेकाे छ ।

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ९४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको