Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

निशा हुमाँगाई

बुधबार, ०१ माघ २०७६, १२ : ०१ मा प्रकाशित

लाभांश पारितसँगै आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं – आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडकाे सोह्रौं वार्षिक साधारण सभा हिजाे (मिति २०७६/०९/२९ गते मंगलबार) सि.एम.डि.(CMD) फुडल्याण्ड, टंगाल, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त साधारण सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको छ ।

यसैगरी, वार्षिक साधारण सभाले संस्थाको नियमावली अनुसार सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना संचालकहरू श्री टंकराम गौतम, श्री अच्युतराज आचार्य र श्रीमती हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेको छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर. एसोसिएट्सलाई नियुक्त गरिएको छ ।

त्यसैगरी, चुक्तापूँजी रू. ८८ करोड २१ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा ए.टि.एम. मार्फत ७८ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै रू. ११ अर्ब ३९ करोड निक्षेप संकलन र रू. ९ अर्ब ३९ करोड कर्जा प्रवाह गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको