Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ माघको पहिलो दिनकाे विनिमयदर

निशा हुमाँगाई

बुधबार, ०१ माघ २०७६, ११ : ०३ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ माघको पहिलो दिनकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (बुधबार) मलेसियन रिंगिटको भाउ घटेको छ । त्यस्तै, आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । बुधबार नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ पैसा ९१ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ १२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको