Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह

निशा हुमाँगाई

बुधबार, ०१ माघ २०७६, १० : ३२ मा प्रकाशित

नेपाल बैंकले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह

अर्थ संसार, काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा धमाधम लाभांश जम्मा गरिरहेकाे छ । बैंककाे पुस २५ गते सम्पन्न  ६० औं वार्षिक साधारण सभाबाट पारित गरिएकाे १० प्रतिशत नगद लाभांश  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा पुस २५ गतेदेखि जम्मा गरिएको हो ।

यसैगरी, बैंकले आफ्नाे डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नाे डिम्याट खाता रहेकाे निक्षेप सदस्यकहाँ सम्पर्क राखी  डिम्याट खातामा बैंक खाता समेत अद्यावधिक गराउन सम्पूर्ण  शेयरधनीहरुलाई  आग्रह गरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको