Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको आइपिओ : लगानीकर्तालाई ३ दिनमा प्रतिकित्ता २११ रुपैयाँ फाइदा

शुक्रबार, ०४ माघ २०७५, ०५ : ४० मा प्रकाशित

अपर तामाकोशीको आइपिओ :  लगानीकर्तालाई ३ दिनमा प्रतिकित्ता २११ रुपैयाँ फाइदा

अर्थ संसार, काठमाडौं– शेयर बजारमा हिजोआज अपर तामाकोशीको शेयर कारोबारले बजार तताएको छ ।  दोस्रो शेयर बजार अपर तामाकोशीको शेयर किन्नेको  भिडसँगै शेयरको मूल्य दिनप्रतिदन १० प्रतिशतले बढेकाले बजार तातेको हो । 

तामाकोशीको साधारण शेयर (आइपिओ) नेप्सेमा सूचिकृत भई  कारोबार शुरु भएको दिनदेखि नै शेयरको भाउ शेयरधनीको लागि अमृल्य बन्दै गएको छ । (आज) बिहीबार यस कम्पनीको शेयर कारोबारलाई हेर्दा २८ रुपैयाँले बढेर ३११ रुपैयाँमा  पुगेको छ । तामाकोशीले अघिल्लो साताको बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरेको थियो ।

 यस साताको गत आइतबारदेखि तामाकोशीको आइपिओ दोस्रो बजारमा कारोबार खुला भएको थियो ।  तामाकोशीको शेयरको सुरुवाती कारोबार रेञ्ज ७४.८९ देखि २२४.६७ रुपैयाँ तोकिएको थियो ।  आइतबारदेखि खुलेको बजारमा सोमबार एकाएक  तामाकोशीको शेयर ५० प्रतिशतले बढेपछि कारोबार रद्ध गरिएको थियो । 

त्यसपछिको मंगलबार र बुधबार शेयर मूल्य १० प्रतिशतले बढेको थियो ।  (आज) विहीबार पनि ९.९८ प्रतिशतले बढेको छ ।  प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ पार्ने लगानीकर्ताले  कारोबार सुरु भएको केहीदिनभित्रै २११ रुपैयाँ  चोखो रिटर्न पाएका छन् ।

तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो ।नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा सो आयोजनाको शेयर सङ्ख्या ठूलो रहेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको हाल ९७ प्रतिशत भौतिक निर्माण सकिएको छ । आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

 ताजा समाचारहरु

अप्पर हेवा खोलाले २० लाख कित्ता आइपिओ बिक्री गर्ने, गर्ने होइन त लगानी ? 

शेयर बजार : नेप्से र कारोबार दुवैमा गिरावट

शेयर बजारमा कम्पनी छनोटमा ध्यान दिऔं, राम्रै नाफा कमाऔं

एनआईसी एशिया बैंकमा लगानी गर्ने अवसर ! ४ अर्बको ऋणपत्र बिक्री हुँदै

साना किसानको २५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन

सर्वोत्कृष्ट भलिबल टिमलाई जनता बैंकले पुरस्कार प्रायोजन गर्ने 

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको