Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर हेवा खोलाले २० लाख कित्ता आइपिओ बिक्री गर्ने, गर्ने होइन त लगानी ?

विहीबार, ०३ माघ २०७५, १२ : ३९ मा प्रकाशित

अप्पर हेवा खोलाले २० लाख कित्ता आइपिओ बिक्री गर्ने, गर्ने होइन त लगानी ?

अर्थ संसार, काठमाडौँ– अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी फागुनभित्र २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले संखुवासभामा निर्माणधीन ८.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनलिे सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याइएको २० लाख कित्ता सेयर बिक्री गर्ने तयारी गरेको हो ।

बिक्री गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएकाले आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्कासन तथा बाँडफाँड गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले फागुन मसान्तभित्र सेयर निष्कासन गर्ने लक्ष्य राखेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको