Like us!
Follow us!
Connect us!
Watch us!

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

विहीबार, ०३ माघ २०७५, १३ : २३ मा प्रकाशित

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

अर्थ संसार, काठमाडौँ– एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । सो घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

उता बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्ने उदयपुरका ४२ वर्षीय खगेन्द्र राईको काठमाडौँ महाराजगञ्जस्थित करु कन्स्ट्रक्सनको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको छ ।

बाँसको खट बनाउने क्रममा बुधबार दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको