Like us!
Follow us!
Connect us!
Watch us!

भलिबल अवार्डमा जनता बैंकको साथ

विहीबार, ०३ माघ २०७५, १७ : १० मा प्रकाशित

भलिबल अवार्डमा जनता बैंकको साथ

अर्थ संसार, काठमाडौं– नेपाल भलिबल संघले भलिबल खेलको विकास र विस्तारको लागि निरन्तर रुपमा काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एन.भि.ए. अवार्ड प्रदान गर्दै आइरहेको छ । दोस्रो एन.भि.ए. अवार्ड कार्यक्रम यही  माघ ११ गते आयोजना गरिएको छ ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले खेलाडीहरुलाई प्रदान गरिने बभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको छ ।

यसै सिलसिलामा बिहीबार जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमणशर्मा बिच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

संझौता अनुसार नेपालभ लिबल संघ लएन.भि.ए. अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख  रुपैयाँ  जनता बैंकले प्रायोजन गर्ने छ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध गारइनेछ ।

गतपौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएन आईपिए)ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो ।

उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदानगरिने गरी संझौता गरिएको छ । जनता बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको