Like us!
Follow us!
Connect us!
Watch us!

तामाकोशीको मूल्य ११२ रुपैयाँ बढेर ३३६ पुग्यो, तर सवै कारोबार रद्द

सोमबार, ३० पुस २०७५, १४ : ४९ मा प्रकाशित

तामाकोशीको मूल्य ११२ रुपैयाँ बढेर ३३६ पुग्यो, तर  सवै कारोबार  रद्द

अर्थ संसार, काठमाडौँ– नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ ।

बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो ।

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता रु २२४ सम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढेपनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।

नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोवार हुनुहुँदैन ।

तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको शेयर रु ११२ ले वृद्धि भई रु ३३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोवार रद्द भएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको