Like us!
Follow us!
Connect us!
Watch us!

भारी छुटमा जुत्ता किन्ने हो ? भृकुटी मण्डपमा लागेको छ मेला

मंगलबार, २६ पुस २०७३, १४ : ३९ मा प्रकाशित

भारी छुटमा जुत्ता किन्ने हो ? भृकुटी मण्डपमा लागेको छ मेला

सदीक्षा भट्टराई
काठमाडौं–तपाईं सस्तोमा जुत्ताचप्पल किन्न चाहनु हुन्छ ? नेपाली जुत्ता घरले राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको मेलामा ब्यवसायीले ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल बेचिरहेका छन् ।

मेलामा शिखर, इजी, क्रसरोड, टाकुरा, स्काइ, बिएफडियर हिल, शुल्याण्ड, फुटल्याण्ड, कोशेली  गरी ९ ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । सबै ब्राण्डले छाला तथा स्पोर्ट्स सुज, पार्टी सुज, लेडिज, जेन्ट्स्, किड्स जुत्ताचप्पल विक्रीमा राखेका छन् । मेलामा विएफ डियर हिल र फुटल्याण्डले सबैभन्दा धेरै ७५ प्रतिशतसम्म छुट दिने बताएका छन् । क्रसरोडले सबैभन्दा थोरै १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने बताएको छ ।

जुत्ताचप्पलको मूल्यमा अविश्वसनीय छुट, गुणस्तरीय र स्वदेशी उत्पादन रहेकाले ग्राहक आकर्षित भएको एक जुत्ता उत्पादकले बताए । प्रदर्शनीले स्वदेशी उत्पादनको प्रबर्धन हुने र विदेशी जुत्ताचप्पल आयातमा कमी आउने उनले दावी गरे । पुस १५ देखि मेला सुरु भएको हो ।

सस्तोमा पाइने भएकाले धेरै ग्राहक मेलाका स्टलमा झुम्मिएका देखिन्छन् । हरेक ब्रान्डले दैनिक १ सयदेखि १ हजार जोरसम्म जुत्ता बेचिरहेको बताएका छन् । मेलामा धेरै ग्राहक आउने, धेरै विक्री हुने भएकाले नाफा थोरै राखेर धेरै छुटमा विक्री गर्ने गरेको एक विक्रेताले बताए ।   

यो पनि पढ्नु भयो ? 

सगुनको आइपिओ नखुल्दै लगानी गर्न ५० करोडको प्रतिवद्धता

बेतबाँसका सामग्रीको बढ्दो बजार

सेयर बजारसँग सम्बन्धित संस्थाहरुबारे जानी राखौं

एभरेष्ट बैंकद्वारा पशुपतिका वृद्ध आश्रमलाई न्यानो कपडा

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको