Like us!
Follow us!
Connect us!
Watch us!
विद्युत उत्पादकलाई बर्षामा भन्दा हिउँदमा उच्च प्रतिफल

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

मंगलबार, २६ पुस २०७३, १० : ३९ मा प्रकाशित

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

अर्थ संसार

काठमाडौं–उर्जा मन्त्रालयले जलविद्युत उत्पादकलाई विद्युत आयोजनाको प्रकृतिअनुसार प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्ममा विद्युत खरिदविक्री सम्झौता (पिपिए) दर तोक्ने भएको छ ।  ऊर्जा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत उत्पादकलाई प्रोत्साहन गर्न पिपिए दर परिमार्जन गर्न लागिएको बताए । 

मन्त्रालयले जलाशय आयोजनालाई मङ्सिर १६ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मङ्सिर १५ सम्म प्रतियुनिट ७ रुपैयाँ १० पैसा दरले पैसा तिरिने जानकारी दिएको छ । उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिले उक्त दर निर्धारण गर्न प्रतिवेदन दिएको थियो । 

नयाँ पिपिए दर १० हजार मेगावाटका आयोजनासम्मका लागि मात्रै लागू हुने मन्त्री शर्माले बताए । उनले १० हजार मेगावाट विद्युत उत्पादन भएपछि पिपिए दर पुनरावलोकन हुन सक्ने बताए । 

समितिले मङ्सिर १५ देखि जेठ १६ सम्मको छ महिनालाई सुख्खायाम मानेर बढी पिपिए दर तय गरेको हो । त्यस्तै जेठ १६ देखि मङ्सिर १५ गतेसम्मलाई वर्षात्मा बढी विद्युत उत्पादन हुने समय मानेर कम दर तय गरिएको हो ।

यस्तै समितिले अर्धजलाशययुक्त आयोजनाको ऊर्जाको मूल्य पनि तोकेको छ । जसअनुसार मङ्सिर १६ देखि जेठ १५ गतेसम्म प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र जेठ १६ देखि मङ्सिर १५ गतेसम्म प्रतियुनिट ४ रुपैयाँ ८० पैसा तोकिएको मन्त्री शर्माले जानकारी दिए । 

अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणले १ सय मेगावाट क्षमतासम्मका नदीका बहावमा आधारित जलविद्युत् आयोजनालाई हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षातका ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा मूल्य तोकेर विद्युत् खरिद गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको