Like us!
Follow us!
Connect us!
Watch us!

बेतबाँसका सामग्रीको बढ्दो बजार

मंगलबार, २६ पुस २०७३, १३ : ०५ मा प्रकाशित

बेतबाँसका सामग्रीको बढ्दो बजार

सविता सापकोटा
काठमाडौँ–बाँस र नियालोबाट कुन कुन सामान बनाउन सकिएला ? कुपन्डोलमा यस्ता सामग्रीको पसल चलाउँदै आएका अस्ट नगरकोटीलाई भेटौं ।उनको पसलमा आकर्षक देखिने बाँसबाट बनेका घडि, नेपालको नक्सा, चोयाबाट बनेका मान्द्रो, नाङलो, भकारी, चराको गुँड, र्याक, ह्यांगर, फ्रेमलगायतका सामान उनको पसलमा रहेका छन् ।

व्यापार सुर गर्दा उनले डोको, नाम्लो, भकारी, थुन्से, क्रोको मात्र बेच्ने गर्थे । अहिले बाँसबाट बनेका सामाग्रीको माग बढ्दै गएकोमा उनी उत्साहित छन् । आजकल बजारमा चोयाबाट बनेका सामानको माग निकै बढेको व्यवसायीहरु बताउँछन् । विशेष गरी घर, रेष्ट्ररेन्ट, कार्यालय सजाउनका लागि यस्तो सामानको बढी प्रयोग हुने गरेको व्यापारी नगरकोटिले बताए ।

यनले १० वर्षअगाडि कुपन्डोलमा यो व्यवसाय सुरु गरेका थिए । सुरुका दिनमा विदेशीले मात्र खरिद गर्ने यस्ता सामान आजकल नेपालीहरुले समेत किन्ने गरेको उनले अनुभव सुनाए ।

ब्यवसाय सुरु गर्दा उनले १० हजार रुपैयाँ लगानी गरेका थिए । अहिले व्यवसायमा लगानी ५ लाख जतिको पुगेको उनले बताए । उनले बेच्ने सामान सिन्धुली, बैतडी, धनकुटालगाएतका टाउँबाट ल्याउने गर्छन् । उनले सामान पहिल्यै अर्डर गरेर बनाउन लगाउँछन् ।

उनले मासिक ४० हजार जतिको व्यापार हुने गरेको बताए । आफूले बेच्ने सामानको माग बढ्दै गएकोले सन्तुष्ट रहेको उनले बताए । यसबाट हुने फाईदा बारे भने उनी बोल्न चाहेनन् । 

यो पनि पढ्नु भयो ? 

सेयर बजारसँग सम्बन्धित संस्थाहरुबारे जानी राखौं

एभरेष्ट बैंकद्वारा पशुपतिका वृद्ध आश्रमलाई न्यानो कपडा

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको