Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

मंगलबार, २६ पुस २०७३, ११ : ५५ मा प्रकाशित

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

अर्थ संसार

काठमाडौं–नेपाल लाईफले पुस २७ गतेदेखि फर्दर पब्लिक अफरिङ (एफपिओ) निस्कासन गर्ने भएको छ । कम्पनीले ३१ लाख कित्ता सेयर निस्कासन गर्न सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल लाइफले १ सय रुपैयाँ मूल्य अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम जोडेर १४२५ रुपैयाँ प्रतिकित्तामा एफपिओ निस्कासन गर्न लागेको हो । 

नेपाल लाइफको एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्तासम्मका लागि आबेदन गर्न पाईने छ । लगानीकर्ताले १० कित्ता र १० ले भाग जाने कित्ताका लागि आवेदन गर्न सक्नेछन् । नेपाल लाइफको एफपिओ भर्न विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने छ । कम्पनीले अरु बैंकमा समेत आवेदन संकलन केन्द्र राखेको छ । 

नेपाल लाईफले सर्बसाधारणको सेयर अनुपात बृद्धि गर्न ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गर्न लागेको हो । कम्पनीको एफपीओमा माघ २ गतेसम्म आबेदन गर्न सकिने छ ।

नेपाल लाइफको एफपीओ निश्काशनपछि प्रिमियमा संकलन गरेको रकम ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुने छ । यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड नाघ्ने छ । 

 

58747b8ad8603.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको