Like us!
Follow us!
Connect us!
Watch us!
मिनी आइपिओबाट २ अर्ब जुटाउन अमेरिकी सरकारको अनुमतिको पर्खाइमा

सगुनको आइपिओ नखुल्दै लगानी गर्न ५० करोडको प्रतिवद्धता

मंगलबार, २६ पुस २०७३, १४ : ०७ मा प्रकाशित

सगुनको आइपिओ नखुल्दै लगानी गर्न ५० करोडको प्रतिवद्धता

अर्थ संसार 

वासिङ्टन डीसी–अमेरिकामा उदियमान कम्पनीका रुपमा सुरु भएको सामाजिक कमर्स सगुन डटकमले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन (एस्‌ईसी) मा रेगुलेशन ए प्लस व्यवस्थाअन्तर्गत मिनी आइपीओ खुल्ला हुनु अगाडी ५० करोड रुपैयाँभन्दा बढी लगानीको आशय प्राप्त गरेको छ। मिनी आइपिओको आह्वान पत्र जारी नगर्दै यतिधेरै रकमको प्रतिवद्धता आएको हो । 

सगुनले मिनी आइपिओमा २ करोड डलर अर्थात २ अर्व भन्दा बढी लगानीको रुपमा जुटाउँने तयारी गरेको छ। सगुन अमेरिकी सरकारको अनुमतिको प्रतीक्षामा छ । सगुनले मिनी आइपिओ खुल्ला गर्नुअगाडी सम्भावित लगानीकर्ताहरुबाट आशय आह्वान गरेको थियो। सगुन यतिखेर रेगुलेशन ए प्लस व्यवस्थाअन्तर्गत मिनी आइपीओको लागि अन्तिम स्वीकृतीको पर्खाइमा छ। यो आवेदन स्वीकृत भएर आएपछि सगुनको प्रयोगकर्ता तथा समर्थक रहेका ठूलो संख्याका सम्भावित लगानीकर्ताले लगानी गर्ने अवसर प्राप्त गर्नेछन्। 

एस्‌ईसीबाट लगानी प्रस्ताव स्वीकृत भएपछि कम्पनीले ८ लाख ६९ हजार ५ सय ६४ कित्ता ग श्रेणीको सामान्य शेयरलाई २३ डलर प्रतिकित्तामा बेच्न सक्नेछ। यसमा लगानी गर्न न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ । यति सेयरको मूल्य मूल्य २ सय ९९ डलर हुन्छ। त्यसभन्दा बढी खरिद गर्न चाहनेले भने माग गरेजति प्राप्त गर्न सक्नेछन्। शेयर बिक्रीमा सहयोग गर्ने कम्पनीले अधिकतम् शेयरहरु बिक्री गर्न प्रयास गर्नेछ। विश्वभरका सर्वसाधारणले शेयर खरीद अनलाइबाट गर्न सक्नेछन्। सगुनको वेबसाइटमा गएर सगुनको शेयर खरिद गर्न सक्नेछन्। 

सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘मेरो समुदायका नागरिकहरु, हाम्रा समर्थक तथा शुभेच्छुकहरु जसले हाम्रो सपनामा विश्वास गर्नुभयो, म उहाँहरुलाई यो अवसर दिन चाहन्छु। संसारमा केही परिवर्तन ल्याउने हाम्रो अभियानलाई सहयोग गर्नुका साथै सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहोस्।’ 

कानुनी सल्लाहकार केएच्‌केएल्‌के एल्एल्‌पीकी सारा ह्याङ्क्सले रेगुलेशन ए प्लससम्बन्धी विषयमा कानुनी परामर्श दिने तथा एस्‌ईसीमा शेयर निश्कासनको बारेमा सम्बन्धित १ ए फारम भर्नमा सगुनलाई परामर्श दिइरहेकी छिन्। सारा एस्‌ईसीको साना तथा उदीयमान कम्पनीहरुको सल्लाहकार समितिको सहअध्यक्ष छिन्। उनी विगतमा एस्‌ईसीको वकिल तथा अमेरिकी संसदको टीएआरपी विषयक अनुगमन समितिको सल्लाहकार थिइन। सारा ह्याङ्क्स क्राउड फन्डिङ लगानी प्लेटफर्मलाई सेवा प्रदान गर्ने वासिङ्टनमा कार्यालय भएको क्राउड चेकको प्रमुख कार्यकारी निर्देशक पनि हुन्। क्राउड चेकले सम्बन्धित सेवा प्रदायकहरुले नियम पालना गरेका छन् कि छैनन् भनी जाँच पड्ताल गर्ने गर्दछ।

‘सामाजिक सञ्जाल कम्पनीमध्ये आर्थिक लाभ दिनेमा सगुनले आफू पहिलो भएको दावी गरेको छ । ‘कनेक्ट–शेयर–अर्नको नयाँ अवधारणा अनुसार प्रयोगकर्तालाई लाभ दिने हाम्रो उद्देश्य छ,’ सगुनले मंगलबार जारी गरेको गिरीले भनेका छन्, ‘हाम्रो उद्देश्यमा विश्वास गर्ने जोसुकैलाई पनि यो उत्कृष्ट अवसर हो भन्ने हामीलाई लागेको छ ।’

कानुनी रुपमा लगानी गर्न बाधा नभएका संसारभरका देशहरुबाट सगुनले लगानी स्वीकार गर्ने जनाएको छ। अहिले सगुनले सम्भावित लगानीकर्तासँग लगानीको प्रतिवद्धता लिइरहेको छ। ‘एस्ईसीले हाम्रो प्रस्तावलाई स्वीकृत गरेपछि त्यस आशयलाई लगानीमा परिवर्तन गर्ने अवसर प्राप्त हुनेछ’, संस्थापक गिरीले भने।

कम्पनीले जारी गर्ने मिनी आइपिओमा प्रतिवद्धता जनाउन कम्पनीको वेवसाइटमा गएर इच्छाअनुसारको आशय व्यक्त गर्न सकिनेछ। सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो । यसले सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्ने दावी गरेको छ । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु भएको थियो । यसलाई सन् २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रुपमा विकास गरिएको छ।

यो पनि पढ्नु भयो ? 

बेतबाँसका सामग्रीको बढ्दो बजार

सेयर बजारसँग सम्बन्धित संस्थाहरुबारे जानी राखौं

एभरेष्ट बैंकद्वारा पशुपतिका वृद्ध आश्रमलाई न्यानो कपडा

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको