Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको रेमिट्यान्स सेवा अब भारतमा पनि

मंगलबार, १३ कार्तिक २०७५, १६ : ३२ मा प्रकाशित

जनता बैंकको रेमिट्यान्स सेवा अब भारतमा पनि

अर्थ संसार, काठमाडौं– ‘‘नेपाली जनताको बैंक, जनता बैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पुर्याउदै आएको यस जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ ।

‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पुर्याउदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबिच हालै भएको संझौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।

रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरु मार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिनेछ ।

जनता बैंकले देश भरीमा १२६शाखासञ्जाल,४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्गसेवाप्रदानगरिरहेको  छ ।  

सिफारिस आजको ताजा हेडलाइनहरु

अति गरीबलाई सामाजिक सुरक्षा भत्ता बाढ्दै सरकार, कसले कति पाउँछन् ? (सूचीसहित) 

म्युचअल फण्ड : बजार घट्दा अधिकांश घाटामा 

वीर अस्पतालमा किन भयो यस्तो गलत धन्दा ? सतकर्ता भन्छ -‘सबैलाई कारवाही गर’ 

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आफैले खाना खाए, शुभेच्छुकसँग कुराकानी गरे

कञ्चन डेभलपमेण्ट बैंकको शेयर किन्नु अघि हेरौं यो कम्पनी विश्लेषण

सेण्ट्रल फाइनान्सको ८ . ७६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको