Like us!
Follow us!
Connect us!
Watch us!

सेण्ट्रल फाइनान्सको ८ . ७६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, १३ कार्तिक २०७५, ०८ : ४६ मा प्रकाशित

सेण्ट्रल फाइनान्सको ८ . ७६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – सेण्ट्रल फाइनान्स लिमिटेडले प्रस्ताव गरेको ८.७६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने मङ्गलवार  अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले कात्तिक १३ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् ।

कम्पनीले मङ्सिर १ गते २१ औं वार्षिक साधारण सभाको आयोजना गरेको छ । सो सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे शुरु हुनेछ । सो सभामा बोनस शेयर सहित सञ्चालकको निर्वाचन लगायत प्रस्तावमा छलफल हुनेछ ।

सोमवार कम्पनीको शेयर मूल्य १ सय २५ मा खुला भई न्यूनतम १ सय २५ देखि अधिकतम  १ सय २७ सम्म पुगेर अन्त्यमा १ सय २६ मा कारोबार बन्द भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको