Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेण्ट बैंकको शेयर किन्नु अघि हेरौं यो कम्पनी विश्लेषण

मंगलबार, १३ कार्तिक २०७५, ०८ : ५५ मा प्रकाशित

कञ्चन डेभलपमेण्ट  बैंकको शेयर किन्नु अघि हेरौं यो कम्पनी विश्लेषण

‘सुदूरपश्चिमको आर्थिक विकासको सहयात्री’को नाराका साथ २०६६ असोज १ गते नेपाल राष्ट्र बैंकबाट अनुमति पाई सोही वर्ष असोज ३ गतेदेखि कारोबार शुरू गरेको कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १९ प्रतिशतले बढेको छ । गत आवमा रू. १ करोड नाफा रहेको कम्पनीले नाफा बढाई चालू आवको पहिलो त्रैमासमा रू. १ करोड १९ लाख आर्जन गर्न सफल भएको छ । कम्पनीले रू. ६ लाख ९२ हजार खराब कर्जा सङ्कलन गर्न सफल भएकाले नाफा बढेको हो ।

कञ्चन डेभलपमेण्ट बैङ्क : कम्पनी विश्लेषण (मङ्गलवार, १३ कात्तिक २०७५)गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी ५८ प्रतिशतले बढेको हो भने सञ्चालन मुनाफा २६ प्रतिशतले बढेर रू. १ करोड ८३ लाख पुगेको छ । कम्पनीले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको उद्देश्य व्यावसायिक योजनाको विकास, वित्तीय लगानीका क्षेत्रको खोजी, व्यावसायिक सञ्जाल वृद्धि, व्यवसाय विविधीकरण तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने रहेको छ । कम्पनीले व्यावसायिक विकासका लागि आधुनिक तथा गुणस्तरीय वित्तीय सेवा विस्तार, शाखा विस्तारका साथै ग्राहकमुखी नयाँ योजना ल्याउने गरेकोे छ ।

  • कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ४ अर्ब ३० करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ३ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ४१ प्रतिशत र कर्जा प्रवाह ४१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले रिजर्भ कोषमा रू. १४ करोड २१ लाख छुट्याएको छ । यो रकम गत आवको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो । असोज मसान्तसम्ममा कम्पनीको लगानी २ सय ३७ प्रतिशतले वृद्धि भई रू. ६ करोड ४० लाख पुगेको छ । गत आवको सोही अवधिमा लगानी रू. १ करोड ८९ लाख थियो ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. ४ करोड ८० लाख, कर्मचारी खर्च रू. १ करोड ७२ लाख, अन्य सञ्चालन खर्च रू. १ करोड ३२ लाख र सञ्चालन नाफा रू. १ करोड ८३ लाख रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ५८ प्रतिशत र सञ्चालन नाफा २६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले रिजर्भ कोषमा रू. १४ करोड २१ लाख छुट्याएको छ ।

  • कम्पनीको स्थिर सम्पत्ति २५ प्रतिशतले बढेर रू. १० करोड ७५ लाख र अन्य सम्पत्ति ७० प्रतिशतले बढेर रू. १४ करोड १७ लाख पुगेको छ । कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ९० लाख ९२ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ८० प्रतिशत रहेको छ । पूँजीकोष पर्याप्तता १४ दशमलव २६ प्रतिशत र पूँजीकोष लागत ७ दशमलव ५८ प्रतिशत रहेको छ ।

  • चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ९ दशमलव ४८, मूल्य आम्दानी अनुपात १८ दशमलव ७९, तरलता अनुपात २२ दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २८ दशमलव १० रहेको छ । कम्पनीको आइतवार शेयरमूल्य रू. १ सय ७६ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति

  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००

निष्कर्ष

कम्पनीको २३ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन फोर प्राइस डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस आकृतिले कम्पनीको शेयर आगामी दिनमा बढ्ने र घट्ने दुवै सम्भावना देखाउँछ । यस अवस्थामा लगानीकर्ताले कम्पनीको आधारभूत पक्षलाई हेरेर लगानी गरे राम्रो प्रतिफल प्राप्त हुन्छ । आरएसआई न्युट्रल जोन ३२ दशमलव ४७ विन्दुमा रहेको छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ३९ विन्दुमा छ ।

उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा जोखिम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेज हेर्दा १४ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा आपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि रहेको छ । आइतवारको शेयरमूल्य रू. १ सय ७६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ७९ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ सय ७२ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको