Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आफैले खाना खाए, शुभेच्छुकसँग कुराकानी गरे

मंगलबार, १३ कार्तिक २०७५, ११ : १७ मा प्रकाशित

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आफैले खाना खाए, शुभेच्छुकसँग कुराकानी गरे


अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

उहाँको उपचारमा संलग्न प्रा डा। अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खाएको  र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी  दिए ।

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए  । उपचारका क्रममा रगत परीक्षणको रिर्पोटअनुसार स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गर्नुभएको कार्यकारी निर्देशक श्रेष्ठले  बताए । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलितछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको