Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से फेरि दोहोरो अंकले ओरालो, अर्धबार्षिक ब्याज तिर्न सेयर बेच्नेको चाप

मंगलबार, १९ पुस २०७३, १५ : ३० मा प्रकाशित

नेप्से फेरि दोहोरो अंकले ओरालो, अर्धबार्षिक ब्याज तिर्न सेयर बेच्नेको चाप

अर्थ संसार

काठमाडौं–केही दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार भने दोहोरो अंकले घटेको छ । यस दिन बजार २६.०३ अंकले घटेको हो । बजार यस दिन झण्डै २ प्रतिशतले घटेको छ ।अर्ध बार्षिक खाताबन्दीका बेला पुस मसान्तसम्म ब्याज तिर्नु पर्ने भएकाले कतिपयले सेयर बेच्न थालेका छन् ।

विक्रीको चाप बढेकाले बजार ओरालो लागेको हो । यस दिन कारोबार रकमसमेत निकै घटेको छ । यस दिन १ सय ३० कम्पनीको ३ हजार ८ सय ३५ कारोबार बाट ६लाख ७१ हजार ६सय ५२ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३९ करोड ७३ लाख ५५ हजार ५ सय १५ रुपैयाँको कारोबार भएको छ ।   

यस दिन बजारका सबै सूचक राताम्य भएका छन् । यस दिन सबैभन्दा बढी वीमा समुह २१७ अंकले घटेको छ । त्यसपछि बैंकिङ २७, होटल २५.२९, विकास बैंक २४ं३, जलविद्युत १८, वित्त २.७६ र अन्य ०.५७ अंकले घटेको छ ।

यस दिन सबैभन्दा बढी एभरेस्ट बैंकको २ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । त्यसपछि मंगलबारै एफपिओ निस्कासनको आह्वानपत्र जारी गरेको नेपाल लाइफ इन्स्योरेनसको २ करोड १६लाख रुपैयाँ, सिटिजन्स १ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।घटेको बजारमा अरुण फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाएका छन् । 

यस्तै साझा विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, युुनाइटेड इन्स्योरेन्स,  प्रुडेन्सियल इन्स्योरेन्स, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीले गुमाएका छन् । 

यो पनि पढ्नुहोस्

खानी खोलाको ४६ लाख ५७ हजार कित्ता सेयर सूचिकृत

नेपाल लाइफको एपपिओ पुस २७ देखि, प्रतिकित्ता १४२५ रुपैयाँमा ३० हजार कित्तासम्म आवेदन गर्न सकिने (कहाँ कहाँ भर्न पाइन्छ ?)

एशियन सेक्युरिटीलाई कारोबारमा रोक

नागबेलीको ४० प्रतिशत बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

समुदय बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको