Like us!
Follow us!
Connect us!
Watch us!

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

मंगलबार, १९ पुस २०७३, ११ : १२ मा प्रकाशित

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

अर्थ संसार

काठमाडौं–मकवानपुरको पहाडी क्षेत्र दामनमा मंगलबार दिउँसोदेखि हिमपात भएको छ । हिमपातपछि सिमभञ्ज्याङ क्षेत्रमा निकै चिसो बढेको छ । झण्डै २५०० मिटर उचाइमा रहेको सिमभञ्ज्याङमा हिउँ परेपछि काठमाडौंदेखि हिउँ खेल्न आउनेहरुको भिड बढेको छ । 

दामन क्षेत्रमा हिउँ परेपछि तापक्रम निकै घटेको छ । यसले गर्दा चिसो निकै बढेको छ । पानी परेपछि पश्चिमी वायुको प्रभावले उच्च पहाडी भेगमा हिउँ परेको मौसम विज्ञान विभागले जनाएको छ । सिमभञ्जयाङ् क्षेत्रमा ४ फिट हिउँ जमेको छ । यसले गर्दा सडकसमेत अवरुद्ध भएको स्थानीय बासिन्दाले बताएका छन् ।ललितपुरको फुल्चोकी, भट्टेडाँडा, काभ्रेको ढुंखर्कमा समेत मंगलबार हिउँ परेको थियो । 

यो पनि पढ्नुहोस्

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको