Like us!
Follow us!
Connect us!
Watch us!

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

मंगलबार, १९ पुस २०७३, १२ : १५ मा प्रकाशित

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

अर्थ संसार
काठमाडौं–गरिवनी निवारण पत्रकारिता पुरस्कार यस बर्ष तीन पत्रकारले पाएका छन् । उक्त पुरस्कार नेपाली राष्ट्रिय छापा माध्यम विधामा कान्तिपुर दैनिकका विरगञ्ज संवाददाता भुषण यादव, विद्युतीय तथा अनलाईन सञ्चार माध्यम विधातर्फ विद्या राई र मोफसलका छापा माध्यम विधाअन्तर्गत द पव्लिक टुडे महोत्तरीका राकेसप्रसाद चौधरीले उक्त पुरस्कार पाएका हुन् । पुरस्कार स्वरुप हरेक विधामा प्रमाणपत्र सहित ४० हजार नगद छ ।
 
पुरस्कारको व्यवस्थापन तथा छनौटका लागि कोषले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग सहकार्य गर्दै आएको छ । अघिल्ला वर्षहरुझैं यो वर्ष पनि तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलमा वरिष्ठ पत्रकार प्रतीक प्रधान, वरिष्ठ अर्थशास्त्री डा. शिवराज अधिकारी र कोषका प्रतिनिधि श्रीराम सुवेदी थिए । पुरस्कृत पत्रकारलाई अर्थमन्त्री कृष्णबहादुर महराले पुरस्कार वितरण गरे । त्यस अबसरमा अर्थमन्त्री महराले संबृद्ध नेपालका लागि गाउँ, समाज तथा स्थानीय निकाय संबृद्ध हुन जरुरी रहेको बताएका छन् ।
 
यसका लागि निजी क्षेत्रको ठूलो पूँजी र लगानीसहित स्थानीय साधन स्रोतको उपयोगमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । गरिवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले नयाँ संविधानमा उल्लेख भएजस्तै निजी क्षेत्र, सरकारी र सहकारी तीनै क्षेत्रमा लगानी प्रोत्साहित गर्न आवश्यक रहेको बताए ।
 
गरीवी निवारणसँग सम्बन्धित उत्कृष्ट समाचार तथा फिचर लेखहरुलाई पुरस्कृत गर्ने उद्देश्यले गरीवी निवारण कोषले ४ वर्षअघि स्थापना पत्रकारिता पुरस्कार स्थापना गरेको हो । हरेक वर्ष अक्टोबर १७ मा मनाईने गरीवी निवारणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिंदै आएको छ । यस वर्ष प्राविधिक कारणले पुरस्कार वितरणमा केही ढिलाई भएको कोषले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको