Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको एपपिओ पुस २७ देखि, प्रतिकित्ता १४२५ रुपैयाँमा ३० हजार कित्तासम्म आवेदन गर्न सकिने (कहाँ कहाँ भर्न पाइन्छ ?)

मंगलबार, १९ पुस २०७३, १४ : २४ मा प्रकाशित

नेपाल लाइफको एपपिओ पुस २७ देखि, प्रतिकित्ता १४२५ रुपैयाँमा ३० हजार कित्तासम्म आवेदन गर्न सकिने (कहाँ कहाँ भर्न पाइन्छ ?)

अर्थ संसार

काठमाडौं–नेपाल लाईफले आगामी पुस २७ गतेदेखि नि फर्दर पब्लिक अफरिङ (एफपिओ) निस्कासन गर्ने भएको छ । कम्पनीले ३१ लाख कित्ता सेयर निस्कासन गर्न सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल लाइफले १ सय रुपैयाँ मूल्य अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम जोडेर १४२५ रुपैयाँ प्रतिकित्तामा एफपिओ निस्कासन गर्न लागेको हो । 

नेपाल लाइफको एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्तासम्मका लागि आबेदन गर्न पाईने छ । लगानीकर्ताले १० कित्ता र १० ले भाग जाने कित्ताका लागि आवेदन गर्न सक्नेछन् । नेपाल लाइफको एफपिओ भर्न विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने छ । कम्पनीले अरु बैंकमा समेत आवेदन संकलन केन्द्र राखेको छ । 

नेपाल लाईफले सर्बसाधारणको सेयर अनुपात बृद्धि गर्न ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गर्न लागेको हो । कम्पनीको एफपीओमा माघ २ गतेसम्म आबेदन गर्न सकिने छ ।

नेपाल लाइफको एफपीओ निश्काशनपछि प्रिमियमा संकलन गरेको रकम ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुने छ । यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड नाघ्ने छ । 

 

586b6553ca194.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको