Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले लिन सकेन गति

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १२ : ०२ मा प्रकाशित

सेयर बजारले लिन सकेन गति

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार यो साता पनि उही अवस्थामा नै रह्यो । साताको अन्तिम कारोबारमा  उतारचढावबीच सामान्य वृद्धितर्फ मात्र देखिएको छ ।

कारोबारले गति लिन नसकेको यो साता नेप्से परिसूचक १९०० देखि १९७० बीचमै तलमाथि रह्यो । 

आइतबार २४.५८ अङ्कले घटेर १९७४.३७ विन्दुमा बन्द भयो । कारोबार रकम पनी घटेर ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँ पुग्यो । 
आइतबार सर्वाधिक कमाउने कम्पनीहरुमा समता लघुवित्त, साधना लघुवित्त र दोल्ती हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सर्वाधिक गुमाउनेमा पिपुल्स पावर, सिंगटी हाइड्रो र एचडिएल रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

सोमबार पनी नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भयो ।  सोमबाार नेप्से १५.६२ अंकले घटेर बन्द भयो । नेप्सेसँगै सोमबार पनी कारोबार रकम पनि घट्यो । यस दिन २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।  सोमबार नेप्से १५.६२ अंकले घटेपनि ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १७७ कम्पनीको सेयर मूल्य घट्यो ।
सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले कमाए सबैभन्दा धेरै गुमाउनेमा भने पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले परे । सोमबार यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए ।

साताको कारोबारको तेस्रो दिन मंगलबार भने नेप्से सामान्य अंकले बढ्यो । 
अघिल्लो कारोबार दिन १५.६२ अंकले घटेको नेप्से मंगलबार २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेर बन्द भयो । मंगलबार १२० कम्पनीको सेयर मूल्य बढ्योे ११४ कम्पनीको सेयर मूल्य घट्यो । २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भयो । सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए  । सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल तराईका लगानीकर्ता रहे । 

त्यस्तै,बुधबार सेयर बजार सामान्य घटेर बन्द भयो । बुधबार नेप्से ०.२१ अंकले घटेर १,९६० को विन्दुमा पुग्यो । 
उक्त दिन २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको हो । १२४ कम्पनीको सेयर मूल्य बढेको थीयो भने १०७ कम्पनीको सेयर मूल्य घटेको थीयो ।
सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए  भने सबैभन्दा धेरै कुमारी सबल योजनका इकाइधनीले गुमाए ।

साताको अन्तिम कारोबारको दिन बिहीबार भने बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १,९६६ को विन्दुमा पुगेर बन्द भएको छ । ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ । ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् ।
सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । 

सेयर बजारले गति लिन नसक्दा लगानीकर्ता दोधारमा देखिएका छन् । 
अर्थमन्त्रीमा वर्षमान पुनको कमब्याकपछि पनि बजारले आशा जगाए पनि गति लिन भने सकेन । उनले पूँजी बजार सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता भने जनाउँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको