Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबि हाइड्रोले डाक्यो साधारणसभा, बोनस पनि दिने

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, ०८ : ३१ मा प्रकाशित

सिईडिबि हाइड्रोले डाक्यो साधारणसभा, बोनस पनि दिने

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीको गत दुई आर्थिक वार्षिक साधारणसभा मिति एकैसाथ तय गरेको छ । कम्पनीले लगानीकर्तालाई ११.५७८९ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।

वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ३१ गते ललितपुरको हरिसिद्धिस्थित नेवा ब्याम्बो कटेजमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश बाँड्न लागेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ वैशाख १९ देखि वैशाख ३१ गतेसम्म दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको