Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरले डाक्यो साधारणसभा, हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १० : ५२ मा प्रकाशित

रिभर फल्स पावरले डाक्यो साधारणसभा, हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

रिभर फल्स पावर लिमिटेडले आफ्नो सातौं र आठौं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको व्यवस्था भने गरेको छैन ।

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २० गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजी ७० करोड रुपैयाँको शतप्रतिशत जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख ९ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको