Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ११ : १४ मा प्रकाशित

सुनको मूल्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ ।  आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । बिहीबार १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको  थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको